सन्धिखर्कमा ब्यबसायीक कुखुरापालन सम्बन्धि तालिम

– प्रेमनारायण आचार्य
अर्घाखाँचीको सन्धिखर्कमा ब्यबसायीक कुखुरापालक कृषकका लागि ब्यबसायीक कुखुरा पालन सम्बन्धि एक दिने तालिम सञ्चालन भएको छ । 
जिल्लाका १ सय २५ जना ब्यबसायीक कुखुरा पालक कृषकहरुको सहभागिता रहेको तालिलमा कृषकहरुलाइ कुखुरा पालन ब्यबस्थापन, भ्याक्सीन लगाउने तरिका, कुखुरामा लाग्ने बिबिध रोग, बर्डफ्लु रोग, जैबिक सुरक्षा लगायत बजार प्रबद्धनका बारेमा सिकाइएको आयोजक श्रेष्ठ पोल्टी र्फम उद्योगका सञ्चालक श्यामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । 
तालिमको सहजीकरण डा.प्रकाश कडेल, डा. बिरेन्द्र श्रेष्ठ र धातानन्द कडेलले गर्नु भएको छ । ब्यबसायीक कुखुरापालक कृषका लागि यो तालिम फलदायी हुने सहभागि कृषकहरुले बताएका छन । 
तालिम श्रेष्ठ पोल्टी र्फम उद्योग सन्धिखर्कको आयोजना र अन्नपर्ुण्ा एग्रो इण्डस्ट्रीज प्राली रुपन्देहीको प्रायोजनमा सुरु भएको हो । 
कार्यक्रम बेदुराम खनालको अध्यक्षता, बिरेन्द्र श्रेष्ठको सञ्चालन र श्यामकृष्ण श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु