न्यूर्योक । अमेरिकाले सिरियामा बशार अल असादको सत्ताले विपक्षी बाहुल्य क्षेत्रमा नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गरेको पुष्टी भएको दावी गरेको छ । थोरै मात्रामा प्रयोग गरिएको उक्त रासायनिक हतियारबाट करिब डेढ सय व्यक्ति मारिएको दावी अमेरिकी अधिकारीको छ ।
असादले युद्धका सबै सीमा तोडेकाले अब राष्ट्रपति बाराक ओबामाले विपक्षीलाई सैन्य सहयोग बढाउने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले प्रष्ट गरेको छ । यद्यपि, त्यसको आकार कुन मात्रामा हुने भन्ने अमेरिकाले प्रष्ट नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसअघि संयुक्त राष्ट्रसंघले असादको शासनविरुद्धको संघर्षका क्रममा कम्तिमा ९३ हजार मानिस मारिएको जनाएको थियो । राष्ट्रसंघीय मानव अधिकार निकायका अनुसार सिरियामा सन् २०११ को मार्चयताको संघर्षमा प्रत्येक महिना कम्तिमा ५ हजार मानिस मारिएका हुन् ।
Agencies