अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफू ४१ वर्ष न्यायपालिकामा काम गरेको व्यक्ति भएकाले आफूले गराउने निर्वाचनको निश्पक्षतामा शंका नगर्न आग्रह गर्नु भएको छ ।
मंसिर ४ का लागि संविधानसभा निर्वाचनको मिति तोकेको भोलिपल्ट शुक्रबार पहिलोपटक देशबासीका नाममा सम्बोधन गर्दै मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले आफ्नो एकमात्र उद्देश्य निश्पक्षतापूर्वक संविधानसभाको निर्वाचन गराउनु रहेको बताउनुभयो ।