बाबु रोका मगर”अपरिचित”
असुरकोट-९,जोगिटारी,अर्घाखाँची
न मेरो दाँया बाँया न मेरो अघी पछी म त एक्लो मान्छे
न मेरो लागि कोही रुने न म कसैको लागि रुने म त एक्लो मान्छे |
आएको थिए एक्लै जानु पनि छ कुनै दिन एक्लै
खोइ किन हो यहाँ मान्छेहरुको सोच हुन्छ बेग्ला बेग्लै |
ऊ पनि आएको थियो एक्लै गयो पनि एक्लै लग्यो र के साथमा?
बाँच्दा सम्म तेरो र मेरो मरे पछी ढुङ्गाको चौघेरो के छ र हाम्रो हातमा |
यहाँ सबै मान्छेहरु पागल छ धेरै धन सम्पत्ती सँगाल्छ
आखिर एक दिन नचाहदा नचाहदै मृत्यु लाई अंगाल्छ |
दैबको रचना पनि कस्तो-कस्तो मान्छेहरु को बिचार कसैले पनि न बुझेको जस्तो
बिचार अनेक थरी इच्छा अनेक थरी गर्छ साँच्चै अजम्बरी छु जस्तो |
न मेरो दाँया बाँया न मेरो अघी पछी म त एक्लो मान्छे
न मेरो लागि कोही रुने न म कसैको लागि रुने म त एक्लो मान्छे |