काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चुनाव विथोल्ने चेतावनी दिईरहेका दलहरुलाई वार्तामा आउन आह्वान गरेका छन् ।
राजधानीमा नयाँ विकल्प साप्ताहिकको २० औं वार्षिकोत्सवको कार्यक्रमलाई सम्वोधन गर्दै सभापति कोइरालाले सरकारले निर्वाचनको मिति समेत घोषणा गरिसकेको अवस्थामा विरोध छाडी चुनावी तयारीमा लाग्न दलहरुलाई आग्रह गरे ।
उनले अघिल्लो पटक पनि धेरै आशंकाकाबीच संविधानसभा चुनाव भएको भन्दै यस पटक राम्रो परिणाम ल्याउनका लागि बेलैमा चुनावी तयारी गर्नुपर्ने बताए ।
सभापति कोइरालाले निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्महरुको महत्वपूर्ण भूमिका हुने भन्दै सकारात्मक भूमिका खेल्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सबै दल निर्वाचनका लागि अब तयार रहेको भन्दै निर्वाचनको वातावरण बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।
RSS