चारदलीय उच्चस्तरीय राजनीतिक समितिको संयोजकको जिम्मेवारी फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारलाई

काठमाडौं,  । चारदलीय उच्चस्तरीय राजनीतिक समितिको संयोजकको जिम्मेवारी आजदेखि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले लिएका छन् । संयोजक प्रत्येक महिना फेरिने सहमति अनुसार नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको कार्यकाल सकिएपछि आजदेखि गच्छदार संयोजक बनेका हुन् । समिति बनेको तीन महिनायता पुष्पकमल दाहाल, सुशील कोइराला र झलनाथ खनालले पालैपालो नेतृत्व गरिसकेका छन् ।


गच्छदार संयोजक हुनेबेलासम्म सरकारले चुनावको मिति घोषणा गर्नुका साथै निर्वाचन सम्बन्धी अध्यादेशसमेत पारित गरिसकेको छ । तर, चार दलका लागि चुनावी वातावरण बनाउन अझै राजनीतिक सहमति जुटाउनुपर्ने बाध्यता भने यथावत छ ।


मोहन वैद्य नेतृत्वको नेकपा