काठमाडौं । संयुक्त राष्ट्र संघले आगामी सन् २०२८ पछि विश्वमा सबैभन्दा बढी जनसंख्या भएको मुलुक भारत हुने जनाएको छ । राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२८ पछि भारतले अधिक जनसंख्यामा चीनलाई पनि उछिनेर अगाडि जानेछ । वल्र्ड पपुलेसन प्रस्पेक्ट्स नामक प्रतिवेदनले आगामी महिनासम्ममा विश्वको जनसंख्या सात अरब बीस करोड हुने पनि जनाएको छ ।
त्यस्तै सन् २१०० सम्ममा विश्वको जनसंख्या दश अरब नब्बे करोड पुग्ने अनुमान गरिएको छ । जनसंख्याको यो तीब्र विकास मूख्य गरी विकासशील मुलुकमा हुने र यसको आधा हिस्सा अफ्रिकी देशहरुले ओगट्ने छ । जन्म दरले तथ्यांकमा असर गर्ने भएकाले यो संख्या या त ह्वात्तै बढ्ने या अहिलेको भन्दा पनि कम हुनसक्ने पनि बताइएको छ ।
प्रतिवेदनका अनुसार जनसंख्या दर बढेमा यस शताब्दीको अन्त्यसम्ममा १६ अरब ६० करोड हुनसक्छ । घट्दो दर रहे ६ अरब ८० करोडमा सीमित हुन सक्छ । राष्ट्रसंघका वरिष्ठ अधिकारी वू ह्वाँगबूले प्रतिवेदन जारी गर्दै विश्वस्तरमा जनसंख्याको वृद्धि घटेपनि अफ्रिकी मुलुकमा तीब्र गतिमा बढेको बताउनुभयो । विश्वका विकसित मुलुकको जनसंख्या अहिले एक अरब तीस करोड मात्र छ ।