काठमाडौंमा प्लाष्टिक झोला प्रतिबन्ध

काठमाडौ- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लाष्टिक झोला प्रतिबन्ध लगाउने तयारी गरेको छ । महानगरपालिकाको वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले सबै वडा कार्यालयलाई शनिबारदेखि नै प्लाष्टिकको झोला प्रयोग नगर्न पत्राचार गरिसकेको बताए ।


पहिलो चरणमा प्रचारप्रसार गर्ने, जनचेतना जगाउने खालका कार्यक्रम संचालन गरिने उनले बताए । एक महिनासम्म प्रचारप्रसार गर्ने र प्लाष्टिकको झोला प्रतिबन्धको व्यवस्था कार्यान्वयन गर्ने उनले बताए ।

 

पहिलो चरणमा समय डिपार्टमेन्टल स्टोर, सपिङ सेन्टहरुले प्लाष्टिकको झोलाको साटो कागज र कपडाबाट बनेका झोलाको प्रयोग शुरु गरिसके उनले बताए । ‘कानुन विपरीत काम गर्नेलाई फोहरमैला व्यवस्थापन ऐन अनुसार जरिवाना गरिनेछ’ उनले भने । महनगर क्षेत्रभित्र प्लाष्टिककको झोला प्रयोग गर्नेलाई पाँच सय रुपैयाँ र बिक्री गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवाना गर्ने ऐनमा छ ।

 

RSS