नेकपा-माओवादीद्धारा सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुन नदिने चेतावनी

काठमाडौं- नेकपा-माओवादीका सचिव देव गुरुङले ताकत भए आफूहरुलाई बाइपास गरेर निर्वाचन गर्न चुनौति दिएका छन्। उनले भने, ‘म चुनौति दिन चाहन्छु। ताकत भए सरकारले हामीलाई बाइपास गरेर चुनाव गराए हुन्छ। हामी पनि हातमा दही जमाएर बसेका छैनौं।


रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै गुरुङले जबरजस्ती फासिवादी ढंगले सरकार एकलौटी ढंगले निर्वाचन गर्न खोजे मुलुक फेरि द्वन्द्वमा फर्कने चेतावनी दिँदै अर्थहीन निर्वाचनविरुद्ध जुनसुकै कदम चाल्नसमेत तयार रहेको बताए।


‘फासिवादी, तानाशाही र विदेशीको आडमा नेपालीलाई दास बनाउन गरिने निर्वाचनको औचित्य छैन,’ उनले भने, ‘हामी सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुन दिन्नौं, जनविद्रोह गर्छौं।


निर्वाचन किन भन्ने उद्देश्य प्रष्ट नभएकाले यो निर्वाचनको कुनै अर्थ नभएको भन्दै दलहरुको सहमति र विधि सम्मत ढंगले अघि बढेमात्रै निर्वाचन हुनसक्ने ठोकुवा गरे।

उनले भने