अर्घाखाँचीका ६ गाविस खुल्ला दिसामुक्त

– प्रेमनारायण आचार्य
धारापानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाका ६ गाउँ विकास समिति खुल्ला दिसामुक्त घोषणा भएका छन् । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले अड्गुरी गाउँ विकास समिति क्षेत्रको स्थलगत अनुगमन गरी अड्गुरी गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त घोषणा गर्न लिखित अनुमति दिएसँगै अर्घाखाँचीमा खुल्ला दिसामुक्त गाउँ विकास समितिको संख्या ६ पुगेको हो । 
जिल्लाका असुरकोट, खनदह, धारापानी, सीतापूर र खन गाउँ विकास समितिमा गाउँ विकास समितिस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले विशेष कार्यक्रमको आयोजना गरी खुल्ला दिसामुक्त घोषणा गरिसकेका छन् भने अड्गुरी गाउँ विकास समितिले आषाढ ७ गते गाउँ विकास समिति तहमा औपचारिक कार्यक्रम गरी खुल्ला दिसामुक्त घोषणाको खुशियाली मनाउने योजना बनाएको छ ।

अन्य समाचारहरु