पाकिस्तानको क्वेटा शहरमा पछिल्लो आक्रमणमा २४ जना मारिए

पाकिस्तान । पाकिस्तानको क्वेटा शहरमा पछिल्लो आक्रमणमा २४ जना मारिएका छन् । एक अस्पतालमा बन्दुकधारीहरुको आक्रमणमा परी १० जना मारिएका हुन् भने सोही शहरमा स्कूल बसमा गराइएको विस्फोटमा १४ जना मारिएका हुन् ।  स्कूल बसमा आक्रमण गरेर १४ जनाको हत्या गरेलगत्तै बन्दुकधारीहरुले अस्पतालमा प्रवेश गरी बिस्फोट गराएका थिए । पाँच जना बन्दुकधारी बिस्फोट पदार्थ सहित अस्पतालमा प्रवेश गरी गोली प्रहार गर्नुका साथै आत्मघाती विस्फोट गराएका थिए । 
घटनामा चार जना आतंककारी सुरक्षा कारबाहीमा मारिएका छन् भने एक आत्मघाती हमलाकारले आफैलाई बिस्फोट गराएको बताईएको छ । मारिनेमा अस्पतालका नर्स, सुरक्षागार्ड र अस्पतालका कर्मचारी छन् । घटना लगत्तै सुन्नी नक्सलबादीहरुको समूह लश्कर ए जानग्वीलृे घटनाको जिम्मेवारी लिएको छ ।
AGENCIES