इरान । इरानको राष्ट्रपतिमा सुधारवादी नेता हसन रुहानी विजयी भएका छन् । ६४ वर्षे सुधारवादी नेता रुहानी ५० प्रतिशत बढी मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन । उनका निकटतम् प्रतिष्पर्धीले करिब १६ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ । पाँच करोड मतदाता रहेको इरानमा ३ करोड ६७ हजार भन्दा बढीले मतदान गरेका थिए ।
सुधारवादी नेता रुहानीले मुख्य परमाणु वार्ताकारका रुपमा पनि काम गरिसक्नु भएको छ । सुधारवादी नेता राष्ट्रपतिमा चुनिएपछि अब इरानको पश्चिमा राष्ट्रहरुसँग बिग्रेको सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ । रुहानीको जीतसँगै पहिलो प्रतिक्रियाका रुपमा अमेरिकाले परमाणु कार्यक्रमबारे इरानसँग सीधा कुरा गर्न तयार रहेको जनाएको छ ।