ब्राजिलमा सन् २०१४ मा हुने बिश्वकप फुटवलको टिकट र सार्वजनिक यातायातको मूल्य बृद्धीको बिरोधमा जनता सडकमा

ब्राजिल  । ब्राजिलमा सन् २०१४ मा हुने बिश्वकप फुटवलको टिकट मूल्य निर्धारण र सार्वजनिक यातायातको मूल्य बृद्धी गरेको बिरोधमा जनता सडकमा उत्रेका छन् । 
हजारौंको संख्यामा साउ पाउलो शहरमा उत्रेका जनताले सरकार बिरोधी नारा लगाउँदै ठाउँ ठाउँमा आगजनी गर्नुका साथै ब्यापक तोडफोड गरेका छन् । 
प्रदर्शनकारीले ब्रास्लिया शहरमा रहेको नेशनल कंग्रेसको भवनमा चढी प्रदर्शन गरेका छन् । ब्राजिलमा जारी कन्फडरेशन कप फुटवल प्रभावित गर्न रंगशाला अगाडी हजारौं प्रदर्शनकारी डेरा जमाई बसेका छन् । जसका कारण फुटवल प्रेमीहरु खेल हेर्नबाट बन्चित भएका छन् । 
प्रदर्शन नियन्त्रणका लागि खटेका प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा अधिकांश सञ्चारकर्मी छन् । ब्राजिल सरकारले कन्फडरेशन कप फुटवल शुरु भए लगत्तै सार्वजनिक यातायातको भाडा बृद्धी गरेको हो । मूल्य नघटाएसम्म आन्दोलन जारी राख्ने प्रदर्शनकारीको अडान छ ।
Agencies