गणेश खनाल
सन्धिखर्क, अर्घाखॉची । महिलाको नेतृत्व विकास र प्रस्ताव लेखन सम्बन्धी तिन तालिम समापन भएको छ ।
तालीममा महिलाको विकासका लागी कसरी क्षमता विकास गर्न सकिन्छ भन्ने बारेमा तिन दिन सम्म छलफल भएको थियो ।
समापन समाहरोमा बोल्ने बत्ताहरुले तालीममा सिकेका कुरालाई वास्तविक रुपमा व्यवहारमा लागु गर्न सके क्षमता विकासमा सहयोग पुग्ने धारणा राखेका थिए ।
यसरी मन्तव्य राख्नेहरुमा प्रमुख जिल्ला अधिकारी गोविन्द्रमणी भुर्तेल, स्थानीय विकास अधिकारी हेमराज भुसाल, जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल, एमोओवादीका जिल्ला संयोजक गोविन्द्र केसी, नेपाली काग्रेसका जिल्ला सभापति कमल भुसाल सचिव बासुदेव आचार्य, नेकपा एमालेका सचिव राम बहादुर चौहान लगाएताका हुनुहन्थ्यो ।
नेपाल चेतना केन्द्रको आयोजनामा तिन दिन सम्म तालीम चलेको थियो । सो तालीमले महिलाको नेतृत्व विकासमा धेरै सहयोग पुगेको सस्थाकी अध्यक्ष निर्मला क्षेत्रीले बताउनुभयो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।