अबिरल बर्षाले अर्घाखाँचीको जनजीबन कष्टकर

– प्रेमनारायण आचार्य

 

चुत्राबेसी, अर्घाखाँची । बिगत पाँच दिन देखि परेको अबिरल बर्षाका कारण  अर्घाखाँचीको जनजिबन अत्यन्तै बष्टकर बनेको छ । अबिरल बर्षाका कारण अर्घाखाँचीका सम्पुर्ण ग्रामीण  सडकहरु अबरुद्ध भएका छन ।

  


अबिरल बर्षाका कारण सन्धिखर्क, बल्कोट रिडी सडक, सन्धिखर्क वांगला तम्घास सडक, घुम्ती तानसेन सडक सन्धिखर्क धारापानी प्युठान खलंगा जिल्ला जोडने सडक र अन्य सम्पर्ण गाविसमा जाने सडकहरु अबरुद्ध भएका छन । सडकका बिभिन्न स्थानमा पहिरो गएका कारण सडक अबरुद्ध भएका हुन ।

 


 

सडक अबरुद्ध हुदा  यातायातका साधन सञ्चालन हुन नसकेको देउराली यातायात ब्यबसायी समितिले जानएको छ । यात्रुहरु पैदल हिड्न बाध्य भएका छन ।

 

यस्तै सन्धिखर्कको चुत्राबेसीमा घोचेखोलाले कटान गर्दा तीन घर उच्च जोखिममा परेका छन । चुत्राबेसी र भक्तिटोला जोडने पुल निर्माणका लागि पिल्लर उठाउन खनेका कारण खोला घर तर्फ हनिएको जोखिममा रहेको घरका घरधनी भरत भुसालले बताए । बर्षतकै कारण जिल्लाका बिभिन्न स्थामा बन्न लागेका बिकास निर्माणका काम समेत प्रभावित भएको छ ।

 


 

जोखिममा परेका घरको नेपाली सेनाको चन्दनाथ गण र नेपाल प्रहरीको टोलिले घरको सुरक्षाको लागि तारजाली राखेको छ । अबिरल बर्षाका उता अर्घा गाविस वाड न.४ नौलापानी मा चिरन्जीबी भुसालको घर गोठ पहिरोले बगाएको छ ।
 
 घर गोठ बगाउदा मानविय क्षति नभएपनी धनमाल,लत्ताकपडा र खाद्यान्न गरी करिब ७ लाख बराबरको क्ष्ति भएको प्रहरीले जनाएको छ ।

 


 

बर्षाका कारण खेतमा धान रोपाइ पनि प्रभावित भएको छ ।

 

अन्य फोटोहरु हेर्न तस्बिर पेजमा जानुहोला: अर्घाखाँचीमा अबिरल बर्षा

 




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु