नवलपरासीका सामुदायिक वनहरु गिद्ध संरक्षणमा एकजुट हुदै

नवलपरासी । नवलपरासीका सामुदायिक वनका प्रतिनीधिहरुले अतिसंकटापन्न अवस्थामा पुगेका दुर्लभ गिद्ध र तिनको बासस्थान संरक्षण गर्न एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन ।

 


 

नेपाल पंक्षि संरक्षण संघ काठमाडौंको सहयोग तथा नेपालकै नमुना सामुदायिक वन बन्न सफल सुन्दरी सामुदायिक वनको आयोजनामा दुम्कीबासमा आयोजित एक जनचेतना अभिवृद्धि तथा अन्तक्रिया कार्यक्रममा  सुन्दरी सामुदायिक वनका अध्यक्ष तथा फेकोफनका केन्द्रिय प्रतिनिधी ठाकुर प्रसाद पाण्डेको संयोजकत्वमा जिल्लाका विभिन्न सामुदायिक वन प्रतिनीधि, भेटनेरी प्रतिनिधि तथा संरक्षणकर्मी सम्मिलीत ११ सदस्यीय गिद्ध संरक्षण संजाल, नवलपरासी गठन गरेको छ । नेपाल पंक्षि संरक्षण संघका जिवविज्ञ कृष्णप्रसाद भुसालले गिद्धको परिचय, घटनुको कारण, संरक्षणका प्रयास र समुदायको भुमिका बारे कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा नेपाल गिद्ध संरक्षण संजालका केन्द्रिय उपाध्यक्ष यादव खनाल, रुटस एण्ड सुटसका अध्यक्ष मनोज गौतम, अरुणखोला इलाका वन कार्यलयका सहायक वन अधिकृत मोहनराज काफ्ले, दुम्कीबास रेन्जपोष्टका रेन्जर भेषबहादुर महतो र फोरेष्टर लख्खुप्रसाद यादवले पनि आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।

 

संजालले जिल्ला भरीका सामुदायीक वनहरु र अन्य सरोकारवाला निकायहरु सँग हातेमालो गर्दै दुर्लभ गिद्धलाई लोपहुनबाट बचाउन टेवा पु