अर्घाखाँची संपर्क समिति यूएईको बैठक सम्पन्न / तीजको कार्यक्रम आयोजना गरिने

– राजु खड्का

मेट्रो पार्क, युएई । युएई शहरको बर दुबइ स्थित मेट्रो पार्कमा हिजो आयोजना गरेको अर्घाखाँची संपर्क समितीको साधारण भेला सफलता को साथ सम्पन्न भएको छ्। समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता र वरिस्ठ सल्लाहकार रविलाल खनालको प्रमुख आतिथ्यता तथा महासचिव चिरन केसीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 


 

युएईका सात क्षेत्रबाट अर्घाखाँची जिल्ला बाशीले आफ्नो समाज प्रती को उत्सुक्ता देखाउदै सोही भेलामा आफ्ना बिचार अनी धारणाहरु का साथमा बाक्लो उपस्थिती ले कार्यक्रम को  रोनक बढेको थियो। समय अनुसार दिन प्रतिदिन यु ए ई मा अर्घाखाँची जिल्ला बाशीहरु भित्रिनु को साथमा प्राय जसो मा हामी परदेशमा भये पनि समाज को लागि केही गर्नु पर्छ भन्ने कुरो मा कुनै दुई मत नरहेको र आफ्नो ठाउँ बाट हरपल सक्दो सहयोग गर्ने जिल्ला बाशी को सोचले  प्रफुल्लित हुँदै अध्यक्ष राजु खडका ले आफु पनि अर्घाखाँची जिल्ला बाशी लाई रोजगार, ब्यवसाय अनी शिक्षा को कारण ले यु ए ई मा रहनु भएका सबैलाई सक्दो सहयोग गर्दै आएको र अझ प्रभाबकारी ढंगले आफु पनि लाग्ने र साथीहरु पनि लाग्न निम्ती अनुरोध गर्नु भयो।

 

कार्यक्रममा केन्द्रिय समितिका उपाध्यक्ष धुर्ब केसी, कोषाध्यक्ष अर्जुन खड्का , आबुधाबी क्षेत्रिय समितिका उपाध्यक्ष   हिमेन्द्र केसी, दुबइ क्षेत्रिय समितिका अध्यक्ष मनोज गैरे लगायत केन्द्रिय समितिका सदस्यहरु रामु घिमिरे,पुष्पा केसी लगायत सदस्य तथा जिल्ला बासीको उल्लेख्य सहभागित थियो ।

 

ब्यस्तता जीवन को पल बाट आफुलाई समाज प्रती पनि ख्याल गरी सारजाह, अबुदाबी, अजमान, अल एन बाट उपस्थित हुनु भएका सम्पूर्ण जिल्ला बाशीलाई धन्यवाद दिदै बरीस्ठ सल्लाहकार रबिलाल ज्यु ले खुशी को महसुस गर्नु को साथै “सुखमा पनि सँगै दु:खमा पनि सँगै हामी सबै जिल्ला बाशी”  भन्ने सोच लाई सबै जिल्ला बाशी मा पुराउने अठोट गर्नु भयो।

 


 

महासचिब चिरन के शि ले छोटो समयमा नै साथीहरु को उल्लेखनिय योगदान को कारण हामी यु ए ई मा अर्घाखाँची जिल्लाको नाम लाई नमुनाको रुपमा चिनाउन सफल भएको  र अझ प्रभाबकारी ढंग ले मिलेर जान अनुरोध गर्नु भयो। सोही बैठकले आउँदै गरेको महिलाहरु को तिज कार्यक्रम दुबइ शहर मा आयोजना गरिने पनि निर्णय गरेको छ ।

 

सात समुन्द्र पारी सबै साथी हरु को साझा चोउतारी को रुपमा स्थापना  भएको अर्घाखाँची संपर्क समितीमा अझै पनि छुटनु  भएका साथै हरु लाई एथासिर्घ आफुलाई समाज मा जोडन आवहाँन गर्दै अद्क्ष्य राजु खड्काले कार्यक्रमको समापन गर्नु भएको थियो।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु