गणेश खनाल
अड्गुरी, अर्घाखाँची । सबैलाई पायक पर्ने स्थानमा सयौ जनसाधारण को माझमा प्रश्नकर्ता र जवाफकर्ताको दोहोरि चल्ने विषय सार्वजनिक बहस सम्पन्न भएको छ ।
स्थानीय निकायको अनुदान खर्च पूनरावलोकन तथा सनुदायको संलग्नता अध्ययन कार्यक्रम अन्र्तगत स्थानीय निकायमा लक्षित वर्गको लागि प्राप्त हुने अनुदानको विषयमा अर्घाखाँची जिल्लाको पूर्वमा पर्ने अड्गुरी गाविसमा सार्वजनिक बहस सम्पन्न भएको छ । अड्गुरी गाविसको कार्यालय अड्गुरी को आयोजना लुम्विनि सामाजिक विकास केन्द्र सन्धिखर्कको सहजिकरण तथा सघिंय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत स्थानीय शासन तथा उत्तरदायि संयन्त्रको कार्यालय पोखराको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा कार्यक्रम संयोजक सुरज शारु ले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । त्यसैगरि बहस सम्पन्न भइसकेपछि उपस्थिति जनता र मुख्य जानिफकार व्यक्तिहरुले आगामि बर्षदेखि लक्षित वर्गका सम्पूर्ण योजनाहरुको रकम सवैलार्ई पारदर्शि गर्ने, योजनाको छनोट र कार्यान्वयनमा लक्षित वर्गको सहभागिताको सुनिश्चतता कायम गर्ने,गाविस परिषदमा लक्षित वर्गको सहभागिता सुनिश्चितता गर्ने प्रतिबद्धता समेत भएको थियो ।
कार्यक्रम गाविस सचिव कृष्ण प्रसाद दवासेको अध्यक्षता, एनेकपा माओवादिका भुवानीसंकर अधिकारि नेपालि कांगेसका फर्स ब. श्रेष्ठ नेकपा एमालेका गुनाखर अधिकारि जनमुक्तिका खग ब. थापा लुम्विनि सामाजिक विकास केन्द्र सन्धिखर्कका सहजकर्ता सपना पाण्डे , पत्रकार विरेन्द्र के.सि. गणेश खनाल प्रेमनारायण आचार्य लगायतको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रको संचालन लुम्विनि सामाजिक विकास केन्द्र सन्धिखर्कका अनुसन्धान सहायक कृष्ण पौडेलले गर्नुभएको थियो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।