समाज प्रतिको दायित्व


  – राजु खडका

 

हरेक मानव जातीको समाज प्रतीको आफ्नै दायित्व हुन्छ, जन्मनु देखी मृत्यु बिचको क्षणमा उसले गरेको कामको मात्र समाजमा चर्चा हुन्छ। मान्छे त जन्मन्छ अनी समय अनुसार जान्छ तर उसले समाज प्रती गरेको ब्यबहारले उसलाई पुस्तोउ सम्म जिवित राख्ने काम गर्छ।


भन्न खोजेको खास बिषय के हो भने, आफु समाज मा रहे पछी समाजले  मलाई के गर्छ भन्दा पनि मैले समाजको लागि के गर्न सक्छु भन्ने भावनाको बिकास हरेक मानव मा हुने हो भने शायद हाम्रो समाज आज यो अवस्थामा हुने थिएन। समाजमा भएका, गरेका अनी हुन लागेका बिषय हरुमा प्रश्न माथि प्रश्न थप्नु , समस्या माथि समस्या थप्नु मात्र हाम्रो बानी बनेको छ। एदी एस्ता बिषय हरुमा हामी छलफल को माध्यम बाट  समाधान अनी निस्कर्स तर्फ लाग्ने सोच र बातावरण तयार गर्ने हो भने हामी आफु पनी सफल बन्नु को साथमा समाज को पनि ढाँचा र रुपरेखा हामी हरुले सपनीमा देखेको स्वर्ग जस्तो हुन कत्ती पनि बेर लाग्दिन।


धेरै कुराहरु सामान्य छ तर व्यबहारमा प्रयोग हुन कठिनाई भएको अवस्था छ। स्कुलमा सानै देखी सिकेको कुराहरु जस्तै, ठुलालाई मान सम्मान गरोउ, साना लाई माया गरोउ भन्ने कुरा हरु थाहा छ तर  व्यबहार मा छैनन। हो आज को समाज धेरै टेक्नोलोगी ले भरिएको छ्, तर  हामी ले त्यस्तो टेक्नोलोजी लाई जानी नजानी प्रयोग त गरेका छोउ, तर तेसैलाई सही ढंगबाट प्रयोग गर्ने भने कत्तिको पर्भाबकारी हुने थियो भन्ने कुरा पनि हामी थाहा नभएको होइन। हामी अनी हाम्रो अभिभावक र हाम्रा सन्तान बिच धेरै फरक छ् मात्र प्रकिर्यामा अरु त  सबै तेही हो।  काम तेही हो उपलब्धी तेही हो तेसैले हिजो को निती नियम अनी तरिकालाई बहिस्कार गर्नुको सट्टा त्यसलाई आधुनिकीकरण गर्दै आजका समाजका आबश्यकताहरु पुरा गर्ने हो भने धेरै सझिलो हुन्छ बुझाई, भोगाई अनी गराईमा।


बर्तवान मा नयाँ श्रोत साधन को बिकास का साथमा मानव जाती मा अली भिन्नता आएको देखिन्छ उदाहरण को लागि बिभिन्न समाजिक संगठन हरु को निर्माण, सामुहिक लगानी आदी ईत्यादी। स्वच्छ बिचारले हामी कुनै पनि एक संघ संस्था मा लागेर सामाजिक हक हित को लागि काम गर्नु र त्यसै मार्फत आफु अनी संगठन मा लागेका साथीहरुलाई  बिकास मुलक ब्यवसाय को लागि जागरण गराउने हाम्रो कर्तब्य लाई तिब्रता दिनु पर्छ। म होइन हामी सबै बन्नु पर्छ भन्ने भावना को साथ मा हाल मात्र अर्घाखाँची जिल्ला बाशी हरु को साझा चोउतारी को रुपमा विश्वको कुना कुनामा रहेका साथीहरुको साझा संगठन “अन्त राष्ट्रिय अर्घाखाँची संपर्क मन्च” पनि एक हो।

हामी सबैको समाज प्रती को दायीत्व भनेको ” म होइन हामी भन्ने भावनाको बिकाश गर्नु, राम्रो काम गर्ने लाई सम्मान गर्नु, समाजिक हक हित को लागी स्वच्छ भावनाले लाग्नु, धनी को बिषयमा चर्को आवाज अनी गरीबको बिषयमा मोउन नहुनु मतलब सबैलाई बराबर मान सम्मान अनी इज्जत गर्नु, काम को चर्चा गर्नु नाम को पछी नलाग्नु, समय ले सबै दिएको छ सही बखत मा सही ठाउँ मा सही हिसाब ले प्रयोग गर्नु, तपाईं को वारीअपरी केही गलत भएको छ भने तेस्को कारण तपाईं पनि एक हो – सही को सही अनी गलत लाई गलत भनेर बोल्न सिक्नु, सबै को आ -आफ्नो मान्यता , सोच अनी तरिका हुन्छ ति सबै लाई व्यबहारमा उतार्दा म को हुँ र कहाँ छु भन्ने सोचेर मात्र आफुलाई पस्तुत गर्नु।


“सेवा नै धर्म हो, आफ्नो साथमा वरीपरी रहनु भएकाको ख्याल गर्नु नै कर्म हो”


 

( लेखक अर्घाखाँची संपर्क समिती युएईका अदक्ष्य हुन्। )

 

The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial policy.