विश्वका एक तिहाई महिला यौन हिंसाको शिकार हुने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको प्रतिवेदनले विश्वका महिला शारीरिक र यौन शोषणको शिकार हुने गरेका देखाएको हो ।
हत्याको शिकार हुने महिलाहरु भने ३२ प्रतिशत आफ्नै साथीबाट मारिने गरेको प्रतिवेदनमा उल्लेख छ । आफ्नै घरका परिवार र नजिकका साथीभाईबाट धेरै यौन हिंसा हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यौन हिंसा र शारीरिक यातनाका शिकारको घटनालाई लुकाउने गरिदा महिला बढी हिंसामा पर्ने गरेका प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदन विश्व स्वास्थ्य संगठन, लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनर दक्षिण अफ्रिकी आर्युविज्ञान शोध परिषदले तयार पारेको हो ।
Agencies