कांग्रेसद्धारा सुदुरपश्चिमको बाढी प्रभावितको राहतका लागि विशेष प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण

काठमाडौं  । नेपाली कांग्रेसले सुदुरपश्चिमको बाढी प्रभावितको राहतका लागि विशेष प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । 
आज बिहान पार्टी उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा गएको कांग्रेसको प्रतिनिधि मण्डलले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटी बाढी पीडितको उद्दार, घाइतेको उपचार तथा मृतकका परिवारलाई विशेष प्योकज घोषणा गर्न र दार्जुलाको सदरमुकाम लगायतका प्रभावित स्थानको जिर्णोद्धारका लागि सरकारको ध्यानाकर्षण गराएको हो । 
बिहान भएको भेटमा अध्यक्ष खिलराज रेग्मीले सरकारले प्रभावित क्षेत्रका बासिन्दा तथा त्यहाँको अवस्थालाई पुरानै अवस्थामा फर्काउन विशेष पहल गर्ने बताएका थिए । सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएका कारण खाद्यान्न संकट आउन सक्ने भन्दै त्यसको प्रबन्ध गर्न समेत कांग्रेसले ध्यानाकर्षण गराएको छ । 
 
यसअघि आजै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि मन्त्रिपरिषद अध्यक्ष रेग्मीसँग भेटी सुदूरपश्चिमका बाढी पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न सुझाव दिएका थिए ।
RSS