बर्दियाको बाढीग्रस्त क्षेत्रहरुमा महामारी फैलन सक्ने संभावना

बर्दिया । बर्दियाको बाढीग्रस्त क्षेत्रहरुमा महामारी फैलन सक्ने संभावना देखिएको छ ।

 

जिल्लाको राजापुर, दौलतपुर गाउँ विकास समिति आसपासका क्षेत्रमा अहिले बिरामीको संख्या बढ्दै गएको हो । पीडितहरुमा झाडापखाला, रुघाखोकी, आउँलगायतका समस्या देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

अनियन्त्रित बाढीले बाढीग्रस्त गाविसहरुमा पिउने पानीको स्रोतहरु बगाउँदा सर्वसाधारण दुषित पानी पिउन बाध्य छन् भने मरेका जनावरलगायतको दुर्गन्धहरुको प्रभाव बर्षा रोकिएसँगै बढ्दै गएको छ । उता, महामारी फैलन सक्ने भएकाले त्यसो हुन नदिन पर्याप्त औषधीलगायतका अत्यावश्यक सामग्री तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


गाउँमा विरामी देखिनासाथ स्वास्थ्य चौकीमा उपचारका लागि तुरुन्त आउन समेत जिल्ला स्वास्थ्य कार्यालयले सर्वसाधारण माझ अपील गरेको छ ।

 

RSS