भारतको उत्तराखण्डमा आएको बाढी, पहिरोका कारण मृत्यु हुनेको संख्या ५ सय ५६

नयाँदिल्ली । भारतको उत्तराखण्डमा आएको बाढी, पहिरोका कारण मृत्यु हुनेको संख्या ५ सय ५६ पुगेको छ । नदीमा जलसतह केही कम भएकाले माथिबाट बग्दै आएका शवहरु हरिद्वारमा फेला परेको जनाइएको छ । तर शवहरु भने क्षतविक्षत अवस्थाका रहेको गृहमन्त्री सुशीलकुमार सिंदेले बताएको भारतीय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् ।


गृहमन्त्री सिंदेले पीडितको उद्दार र राहतका लागि सरकारी निकायहरुबीचमै समन्वयको अभाव रहेको स्वीकार गरेका छन् । मौसम र धरातलीय प्रतिकुलताका कारण बद्री