भारतको उत्तराखण्डमा गएको बाढी, पहिरोमा फसेका पाँचसय वढी नेपालीलाई सकुशल उद्दार


नेपालगञ्ज । भारतको उत्तराखण्डमा गएको बाढी, पहिरोमा फसेका पाँचसय भन्दा वढी नेपालीलाई सकुशल उद्दार गरी घर फर्काइएको छ । घर फर्काइएकामा अधिकांश कामदार र केही तीर्थयात्री छन् । भारतको उत्तराखण्डबाट उद्दार गरिएका पाँच सय भन्दा बढी नेपाली कामदारहरु आज नेपालगन्ज आईपुगेका हु्न् ।


उनीहरुलाई भारत सरकारले उद्दार गरी हरिद्धार हुँदै नेपालगञ्ज ल्याईपु-याएको हो । रुकुम, रोल्पा, सल्यान र जाजरकोटका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले बाटो खर्च दिएर घर पठाएको छ । स्वदेश फर्केकाहरुले हजारौको संख्यामा केदारनाथमा नेपाली कामदारहरु वाढी, पहिरोमा फसिरहेको हामीलाई बताए ।

बाँके जिल्ला प्रशासन कार्यालयले स्वदेश फर्किएर बेखर्ची भएका मध्ये ३० जनालाई बाटो र खाना खर्चका लागि जनही १ हजार ५ सय सम्म नगद समेत उपलब्ध गराएको छ । आजै केदारनाथको दर्शन गरी बद्रीनाथ जाने क्रममा बाढी, पहिरोमा परी फसेका नेपाली तीर्थयात्रीलाई उद्दार गरी कञ्चनपुर ल्याईपु