नरपानीको दहखोलामा जीप दुर्घटना, एकको मृत्यु

– वीरेन्द्र केसी
नरपानी, अर्घाखाँची ।  जीप दुर्घटनामा एक जानको मृत्य भएको छ । सन्धिखर्कबाट गोरुसिंगे तर्फ जादै गरेको ना २ ख १२६४ नम्बरको सामान बोक्ने जीप र बुटवलबाट सन्धिखर्क आउदै गरेको लु १ ख ५०५२ नम्बरको यात्रुवाहक जीप  नरपानीको दहखोलामा एक आपसमा ठोक्किदा एक जना चालकको घटनास्थलमै ज्यान गएको छ । 
दुई जना गंभिर घाईते भएका छन । मृत्यु हुनेमा १२६४ नम्बरका चालक दाङ जिल्लाको मैलीघार घर भएका अन्दाजी ३२ वर्षका कुशुम नेपालीको घटनास्थलमै ज्यान गएको र सोही गाडीमा सवार दुई जना घाईते भएका छन । घाईतेमा दाङकै सिसैतियाका ४४ वर्षीय बुद्धि बहादर विक र तराकोटका २३ वर्षीय बोम बहादुर कुमाल रहेको प्रहरीले जनाएको छ । 
साधुरो बाटो तीव्र गतिमा दुवै गाडी भएकाले मोडमा ठोक्किएका हुन । एक आपसमा ठोक्किदा १२६४ नम्बरको आण्डा बोकेको जीप सडकदेखी ३ सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेले बताए । अर्को जीपलाई कुनै क्षति भएको छैन । 
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु