इटलीका पूर्व प्रधानमन्त्री बर्लुस्कोनीलाई नाबालिकासंग यौन सम्पर्क गरेको अभियोगमा सात बर्षको जेल सजायँ

इटाली । इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई अदालतले नाबालिकासंग यौन सम्पर्क गरेको अभियोगमा सात बर्षको जेल सजायँ सुनाएको छ । अदालतले उनलाई कुनै पनि सार्वजनिक पद धारण गर्नबाट पनि बन्चित गरेको छ । ईटलीको मिलान अदालतले बर्लुस्कोनीलाई राजनैतिक प्रभावको दुरुपयोग गरेको आरोप सहित दोषी ठहर गरेको हो ।


 ईटलीको नाईट क्लवकी १७ बर्षिय नतर्कीलाई यौन दुब्र्यबहार गरेको भन्दै परेको मुद्धाको सुनुवाईका क्रममा अदालतले बर्लुस्कोनीलाई दोषी ठहर गरेको हो । युवतीले यौन दुब्र्यबहार भएको दावीलाई अस्वीकार गरे पनि नृत्यका लागि आफुलाई बर्लुस्कोनीले सात हजार युरो दिएको स्वीकारेकी थिईन ।


यस अघि बर्लुूकोनीमाथि कर छलेको आरोपमा चार बर्षको जेल सजायँ सुनाईएको थियो । बर्लुस्कोनीले आफूमाथि इटली सरकारले अन्याय गरेको प्रतिक्रिया दिएका छन् ।

 

Agencies