काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय पार्टीले मात्रै जातीय तथा क्षेत्रीय समस्या हल गर्न सक्ने दावी गरेका छन् ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिक दत्त समूहका अध्यक्ष नन्दनकुमार दत्त लगायतलाई आज एमाओवादी पार्टीमा स्वागत गर्दै दाहालले मधेशी दलहरुले मधेशको हीत गर्न नसक्ने बताए ।
केही बर्ष पहिलेसम्म नेपाली कांग्रेसमा रहेका दत्त संविधानसभाको निर्वाचनअघि मधेशी जनअधिकार फोरम नेपालमा गएका थिए ।
जेपी गुप्ताले पार्टी विभाजन गरेपछि फोरमबाट गणतान्त्रिकतर्पm लागेका दत्त अहिले माओवादीमा प्रवेश गरेका हुन् ।
RSS