नयाँदिल्ली । भारतको उत्तराखण्डमा बाढी पीडितको उद्दारमा खटिएको भारतीय वायुसेनाको हेलिकप्टर आज दुर्घटनाग्रस्त भएको छ । एमआई १७ को हेलिकप्टर दुर्घटना हुँदा पाँच सैनिक र तीन नागरिकसहित आठ जनाको मृत्यु भएको छ ।
उत्तराखण्डको गौचरबाट गुप्तकाशी र केदारनाथ हुँदै बाढी पीडितको उद्दारका लागि गएको हेलिकप्टर दुर्घटनामा परेको जनाइएको छ । वायुसेनाले दुर्घटनाको जाँचको आदेश दिएको बताइएको छ ।
भारतमा गत साता आएको विनाशकारी बाढीपहिरोमा परी एक हजार बढीको ज्यान गइसकेको छ भने सयौं तीर्थयात्री बेपत्ता छन् ।