कतारका अमिरद्धारा आफ्ना ३३ वर्षीय छोरालाई सत्ता हस्तान्तरण, तामिम अरब मुलुककै सबै भन्दा कान्छा राजा
आषाढ़ १२ गते, २०७० मा प्रकाशित
कतारका अमिर शेख हमद विन खालिफ अल थानीले आफ्ना छोरा युवराज शेख तामिम विन हमद अल थानीलाई सत्ता हस्तान्तरण गरेका छन्।
६१ वर्षिया कतारी अमीरले गद्धि छाडी ३३ वर्षीय छोरा सेख तामिमलाइ सत्ता सुम्पीएका हुन् । स्वेच्छापूर्वक गद्धी त्याग गरि छोरालाइ सत्ता सुम्पीएको घटना, अरबी मुलुकहरुका लागी पहिलो हो ।
आज बुधबारसम्म शेख तमिमले सपथ ग्रहण गरेर कतारी जनताले नयाँ राजा पाउने छन । नयाँ मन्त्रीपरिषदमा धेरै जसो युवा मन्त्रीहरु रहने बताइएको छ ।
टेलिभिजनबाट सम्बोधन गर्दै उनले आफुले गद्दीत्याग गर्दै छोरालाई सुम्पिएको बताएका थिए । सन् १९९५ मा आफनै बाबु बिरुद्ध कू गरि सत्तामा आएका शेख हमादले युवा पुस्तालाइ सत्ता सुम्पिन लागेको बताए ।
कतारका नयाँ अमिर तामिम, अरब मुलुककै सबै भन्दा कान्छा राजा भएका छन् । यस अवसरमा मंगलबार कतारमा सार्वजनिक बिदा दिइएको छ ।
अमिर हमादले शेख तमिमलाई २००३ मा उत्तराधिकारी घोषणा गरेका थिए । उनी अमिर हमादको चौथो छोरा हुन् । कुटनीतिकहरुले अमिर हमादले राज्यलाई युवा नेता दिएर बिश्वलाई नयाँ सन्देश दिएको बताएका छन् । १९८० मा जन्मिएका उत्तराधिकारी तमिम अमिर हमादका दोश्रो पत्नी शेखा मोजाका छोरा हुन् । उनका दाईले छोडिदिएपछि तमिम उत्तराधिकारी भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बेलायती शिक्षा लिएका उत्तराधिकारी शेख तमिम हाल सेनाका डेपुटी कमाण्डर हुन् । उनी नेशनल ओलम्पीक समितिका अध्यक्ष हुन् । जसले २०२२ मा फिफा वल्डकप कप खेलाउदैछ । उनी ‘कतार भिजन २०३०’को अध्यक्ष पनि हुन् । यसले २०३० सम्म कतारलाई एउटा उचाइ पुर्याउने लक्ष्य सहित काम गरिरहेको छ ।