काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले काम थालेको छ । कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माबाट आयोग अध्यक्ष ताहिर अलि अन्सारीले शपथ लिएपछि आयोगले नयाँ बानेश्वरस्थित कार्यालयबाट काम थालेको हो ।
सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश अन्सारीको अध्यक्षतामा नेत्रप्रसाद धिताल, डम्बरध्वज चेम्जोङ, मधुनीधि तिवारी सदस्य रहेको क्षेत्र निर्धारण आयोग गठन गरेको थियो ।