काठमाडौंमा निर्वाचन क्षेत्र निर्धारण आयोग पदाधिकारीद्धारा शपथ ग्रहण

काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले  काम थालेको छ ।  कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माबाट आयोग अध्यक्ष ताहिर अलि अन्सारीले शपथ लिएपछि आयोगले नयाँ बानेश्वरस्थित कार्यालयबाट काम थालेको हो ।


सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश अन्सारीको अध्यक्षतामा नेत्रप्रसाद धिताल, डम्बरध्वज चेम्जोङ, मधुनीधि तिवारी सदस्य रहेको क्षेत्र निर्धारण आयोग गठन गरेको थियो ।


आयोगको सदस्य सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्ल छन् । क्षेत्र निर्धारण आयोगलाई एक महिनाभित्र २०६८ सालको जनगणना अनुसार २ सय ४० क्षेत्रमा घटवढ नहुने गरी निर्वाचन क्षेत्र निर्धारण गर्न भनिएको छ ।

 

RSS