ईजिप्टमा इन्धन अभाव भएपछी सर्वसाधारण आक्रोशित

 ईजिप्ट  । ईजिप्टमा इन्धन अभाव भएपछी सर्वसाधारण आक्रोशित बनेका छन् । 
बिगत केही सातादेखि इन्धन अभाव हुँदा उपभोक्ताहरु दिनरात लाइनमा बस्न बाध्य छन् । ईजिप्टको राजधानी कायरो लगायत अन्य केही शहरका सिमीत पेट्रोल पम्पहरुले मात्रै पेट्रोल र डिजेल बिक्री गरेका छन् भने अधिकांश पेट्रोल पम्पहरुले इन्धन नभएकै कारण बिक्री बितरण बन्द गरेपछी ईजिप्टका सर्वसाधारण आक्रोशित बनेका हुन् ।
 पेट्रोल अभावकै कारण ईजिप्टको दैनिकी समेत प्रभावित बनेको छ । इन्धनको कालो बजारी बढेको र सरकारी बेवास्ताका कारण इन्धन अभाव भएको भन्दै सर्वसाधरणले ईजिप्टका राष्ट्रपति मोहमद मोर्सीको ब्यापक आलोचना समेत गरेका छन् । ईजिप्टका केही पेट्रोल पप्पहरुले भने बढी मूल्यमा पेट्रोलको बिक्री बितरण गर्दै आएको छ ।
Agencies