दक्षिण पश्चिम भेग केन्द्र रहेर अहिले ५ बजेर २५ मिनेटमा ५.५ रेक्टर स्केलको भुकम्प आएको छ ।
नेपालको पश्चिम पहाडी जिल्ला सल्यानलाई केन्द्र बिन्दु बनाएर पाँच रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्र युएसजिएसले जनाएको छ।
भूकम्पको धक्का जाजरकोट, सुर्खेत, रुकुम, पर्वत, बाग्लुङ, अर्घाखाँची, कास्की र राजधानीसम्म महसुस गरिएको छ।
साथै अहिले सम्म देशका कुनै पनि भागबाट क्षती विवरण थाहा हुन सकेको छैन।