सुनसरीस्थित पूर्वाञ्चल क्षेत्रीय कारागारबाट सुरुङ खनेर भागेका १२ जना कैदीमध्येका मुख्य योजनाकार पक्राउ

सुनसरी, असार १६ । सुनसरीस्थित पूर्वाञ्चल क्षेत्रीय कारागारबाट गत कात्तिक २३ गते राती सुरुङ खनेर भागेका १२ जना कैदीमध्ये मुख्य योजनाकार मानिने धीरेन्द्र यादव पक्राउ परेका छन् ।

 

भारतीय प्रहरीको समेत मोष्ट वान्टेट सुचिमा रहेका धीरेन्द्रलाई भारतीय प्रहरीले भारत, विहारको सपौल जिल्लाको विरपुरबाट हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

 

विहार, वीरपुरका वासिन्दा धीरेन्द्रले नेपालको सप्तरीबाट समेत नागरीकता लिएको र विभिन्न अपराधिक घटनामा संलग्न हुदै आएको आरोप छ ।

 

झुम्का कारागारका तत्कालीन प्रहरी निरीक्षक ईश्वरकुमार बस्नेत, प्रहरी नायव निरिक्षक जितबहादुर केसी र कारागार प्रमुख जेलर रामु प्रसाद उपाध्यायको मिलेमतोमा ८० फिट लामो सुरुङ खनेर १२ कैदी फरार भएका थिए । अन्य फरार कैदीहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

 

RSS