हंसपुरमा ११ सय २० जना समाजसेवी सम्मानित

– वीरेन्द्र केसी
 
हंसपुर, अर्घाखाँची ।  गाउँमा राम्रो काम गरेको भन्दै हंसपुरमा १ सय २० जना सम्मानित भएका छन । वृद्धवृद्धा, समाजसेवी, शिक्षक, खेलाडीलाई दोसल्ला ओडाएर गाउँका उदाहरणीय व्यक्तिको रुपमा दोसल्ला ओडाएर सम्मान गरिएको छ ।
 
गोखुंगा बाझखर्कका राजेन्द्र कोईरालाले आफनो स्वर्गीग वुवा विसनको सम्झाना सम्मान गरेका हुन । सम्मानित हुनेमा हंसपुर गाविसका वृद्धवृद्धा ३० जना, समाजसेवी, शिक्षक र कृषक गरी दस-दस जना र सात जना खेलाडी र एक विद्यालयका पाँच जना गरी ५३ जना विद्यार्थीलाई एक समारोहकाबीच सबैलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ ।
 
आफनो वुवाले जीवनभर गाउँको हरेक काममा खटिएर समाजसेवा गरेकाले वुवाले जस्तै अरुले पनि समाजसेवा गरेकाले वुवाको सम्झानामा सम्मान गरिएको कोईरालाले बताए । वृद्धवृद्धा, समाजसेवी,शिक्षक र कृषकले आफनो क्षेत्रबाट गाउँलाई असल शिक्षा सिकाउन सफल भएको र युवाहरुलाई असल मार्गतर्फ ध्यानआकर्षक गरेकाले सम्मान गरिएको उनले बताए ।
 
जिल्लामा यतिधेरै एकैपटक सम्मान गरेको यो पहिलो पटक हो । हंसपुरको सिद्धार्थ उमाविमा गरिएको सम्मान कार्यक्रममा सयौ सहभागी भएका थिए । उनले पृथ्वीनारायण शाहले एकीकरण गरेको देश, गौतम बुद्धले शान्तिको कामना गरेको र वीपी कोईरालाले प्रजातन्त्रको जग बसालेको देश उनीहरु नेपालको संरक्षक भएकाले शिक्षा सिक्ने जरुरी रहेको भन्दै तीनै जनाको तस्बिर अंकित सयौ कापी, पेन समेत वितरण गरे ।
 
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु