प्रतिभा के.सी
सन्धिखर्क अर्घाखाँची
कस्तो हुन्छ चोखो मायाँ गर्नेलाई नै थाहा हुन्छ।
कति दुख्छन चोटहरू पर्नेलाई नै थाहा हुन्छ।
बाध्यता र विवसताका कथा व्यथा जति सबै।
अभावमा सधैँ आँसु झर्नेलाई नै थाहा हुन्छ।
गाह्रो छ कि सजिलो छ विछोडमा जिउनु पर्दा।
प्रत्येक पला तड्पिएर मर्नेलाई नै थाहा हुन्छ।
कसले लुट्यो सुख,शान्ति,रमाइलो र हाँसो ।
अनि जिन्दगीका सारा खुसी हार्नेलाई नै थाहा हुन्छ।