चीनमा आफ्ना अभिभावकको उचित हेरविचार नगरे जरिवाना वा जेल सजाय भोग्नुपर्ने

बेईजिङ । चीनमा व्यस्त जीवनशैलीका कारण सन्तानले आफ्ना अभिभावकलाई बेवास्ता गर्ने क्रम बढ्न थालेपछि त्यसलाई व्यवस्थित गर्न नयाँ नियम लागू गरिएको छ । नयाँ नियम अनुसार उमेर पुगेका सन्तानले आफ्ना अभिभावकको उचित हेरविचार नगरे जरिवाना वा जेल सजाय भोग्नुपर्नेछ ।


जेष्ठ नागरिकहरुले एक्लो र निरश जीवन जिउन बाध्य भएको गुनासो गर्न थालेपछि बाबुआमालाई वेवास्ता गर्ने सन्तानहरुलाई लक्षित गरी यस्तो नियम ल्याइएको बीबीसीले जनाएको छ । नयाँ नियममा आफ्ना बाबुआमाको आध्यामिक चिन्तनको सम्मान र जेष्ठ नागरिकप्रति कुनैपनि सन्तानले वेवास्ताको भाव नराखुन् भन्ने उद्देश्य राखिएको छ ।


तर, चीन बाहिर रहेकाहरुले भने यो नियम कसरी लागू हुन्छ भन्ने अन्यौल रहेको भन्दै नयाँ नियमलाई विभिन्न माध्यम मार्पmत मजाकमा उडाउन खोजेको समाचारमा जनाइएको छ ।


चिनियाँ सरकारको तथ्यांक अनुसार चीनमा सन् २०१० सम्म ६० वर्षमाथिको जनसंख्या १७ करोड ८० लाख थियो भने सन् २०३० मा यो संख्या दोब्बर हुने अनुमान गरिएको छ ।

 

AGENCIES