काठमाडौ । राष्ट्रसंघका महासचिव वान की मूनले नेपालमा हुन लागेको संविधानसभाको निर्वाच्न निष्पक्ष र भयरहित हुनु पर्नेमा बताएका छन् ।
स्विट्जरल्याण्डमा रहेका गृहमन्त्री माधवप्रसाद घिमिरेसँगको भेटमा मुनले त्यस्तो चाहना ब्यक्त गरेका हुन ।
भेटका क्रममा वानले राष्ट्रसंघले नेपालको राजनितीक प्रकृयामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
राजनीतिक स्थायित्व भए देशमा दिगो विकाश हुने उल्लेख गर्दै वानले नेपाली सेनाले विश्वमा दिएको योगदान स्मरणीय रहेको बताए ।
जवाफमा गृहमन्त्री घिमिरेले नेपालमा हुन लागेको संविधानसभाको निर्वाचन र राजनितीक घटनाक्रमको वारेमा जानकारी गराएका थिए । अन्दोलनरत दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउन सरकार लागी परेको जानकारी दिँदै घिमिरेले निर्वाचनकोलागी राष्ट्रसंघ तथा महासचिवको सहयोग हुने अपेक्षा व्यक्त गरेका थिए ।
RSS