काठमाडौ – नेपाल बिद्युत प्राधिकरणले दैनिक ५ घण्टा मात्रै लोडसेडिङ गर्ने भएको छ । यो तालिका बुधबारदेखि लागू हुनेछ । अहिले प्राधिकरणले दैनिक ५ घण्टा भन्दा बढी बिद्युत आपूर्ति बन्द गर्दै आएको छ ।
लगातार परेको पानीको कारण नदी र तलाउमा पानीको मात्रा बढ्दा बिद्युत उत्पादनमा बृद्धि भएकाले लोडसेडिङ घट्ने प्राधिकरणले जनाएको छ ।
नयाँ आयोजनाहरु बनीनसकेकाले आगामी ५ बर्षसम्म सुख्खायामको लागि भने नेपालीहले लोडसेडिङबाट राहत पाउँने छैनन् ।
RSS