काठमाडौं । विदेशी कम्पनीको नक्कली ईमेल आइडी बनाई विभिन्न व्यक्तिहरुबाट ३० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गर्ने एनसीएफ इम्पप्लोइमेन्ट सर्भिसेज, सिनामंगलका प्रबन्ध निर्देशक देवीप्रसाद काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ ।
पाँचथर घर भई काठमाडौंको नयाँबानेश्वरस्थित मिलनचोकमा बस्दै आएका काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले साइबर अपराध अन्तर्गत पक्राउ गरेको हो ।