बग्दाद । इराकको शिया समुदायको बाहुल्यता रहेको क्षेत्रमा विस्फोट भएको केही घण्टामा नै इराकको बासरा शहरमा रहेको एक होटेल बाहिर कार बम विस्फोट गराइएको छ ।
विस्फोटमा परी ५३ जना मारिएका छन् भने चार जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बासरा शहरको पर्यटक रहने होटल बाहिर भएको विस्फोट पर्यटकलाई लक्षित गरी गराइएको आशंका इराकी अधिकारीहरुको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको जनाइएको छ ।
Agencies