इजिप्टमा सैनिक ‘कू’, राष्ट्रपति मोहम्मद मुर्सीलाई पदच्युत गर्दै संविधान निलम्बन
आषाढ़ २० गते, २०७० मा प्रकाशित
इजिप्ट । इजिप्टमा सेनाले कू गरेको छ । राष्ट्रपति मोहम्मद मुर्सीको सरकार अपदस्थ गर्दै सैनिक जनरल अब्देल फतह अल सीसीले राष्ट्रपतिको अधिकार अब मूख्य न्यायाधीशमा रहने घोषणा गरेका छन् । कू सँगै देशको संविधान निलम्बित गरिएको छ भने मुर्सीलाई पदबाट हटाउँदै सेनाले आफ्नो नियन्त्रणमा राखेको छ ।
देशमा राष्ट्रपतिको अर्को निर्वाचन नहुँदासम्म राष्ट्रपतिको सबै अधिकार अब मूख्य न्यायाधीशमा रहने घोषणा जनरल सीसीले गरेका हुन् । राष्ट्रिय टेलिभिजनमा बोल्दै जनरल सीसीले नयाँ राष्ट्रपतिको निर्वाचन नहुँदासम्म अन्तरिम सरकारको काम पनि मूख्य न्यायाधीशले नै गर्ने बताए । केही समयदेखि चर्केको राजनीतिक संकट समाधान गर्न सेनाले राष्ट्रपति मुर्सीसहित राजनीतिक दलका नेताहरुलाई ४८ घण्टाको समय दिएको थियो ।
उक्त समय सीमा सकिने वित्तिकै राजधानी कायरोसहितका मूख्य स्थानमा सेनाको ट्यांक तैनाथ गरी सेना परिचालन गरिएको छ । सत्तारुढ मुस्लिम ब्रदरहुडले सेनाको यस कदमलाई सत्ता कब्जाको संज्ञा दिएको छ । अपदस्थ राष्ट्रपति मुर्सीले फेसबुकमार्फत् प्रतिक्रिया जनाउँदै यसलाई सत्ताकब्जाको संज्ञा दिएका हुन् । तहरिर चोकमा भेला भएका हजारौं मुर्सी विरोधी विपक्षीहरुले भने खुशी मनाएका छन् । यसअघि सेनाले जनताको मागको सुनुवाई गर्न मुर्सी सरकारलाई चेतावनी दिएको थियो । तर मुर्सीले आफू जनताबाटै निर्वाचित राष्ट्रपति भएकाले सेनाको चेतावनी अमान्य हुने बताएका थिए ।
सत्ता र दुई पक्षबीचको भिडन्तमा १६ जना मारिएकासमेत थिए । सन् २०११ को क्रान्तिले ३० वर्षे अधिनायकवादी शासक होस्नी मुवारकलाई सत्ताच्यूत गराउँदै इजिप्टमा प्रजातन्त्र आएको थियो । त्यसपछि भएको निर्वाचनबाट मोहम्मद मुर्सी राष्ट्रपतिमा चुनिएका थिए ।
इजिप्टमा सेना प्रमुखले देशको संविधान निलम्बन गर्दै राष्ट्रपति मोहम्मद मुर्सी पदबाट हटाएको घोषणा गरेको छ।
राष्ट्रिय टेलिभिजनमा जारी आफ्नो संदेशमा जनरल अब्देल फतह अल सीसीले नयाँ राष्ट्रपतिको चुनाव हुने सम्म अन्तरिम सरकारको काम मुख्य न्यायाधीश समाल्ने बताएका छन।
इजिप्टमा सेना अहिले कायरो लगायतका प्रमुख शहरमा तनाथ भएको छ । सेनाले सत्तारुढ मुश्लिम ब्रदरहुडका कयौ सदस्यहरु नियन्त्रण लिएको छ ।
इजिप्टमा राष्ट्रपति मोहम्मद मुर्सीले आफू जनताबाट चुनिएको वैधानिक राष्ट्रपति भएकाले सेनाले दिएको अल्टीमेटम स्वीकार्य नहुने प्रष्ट पारेका थिए ।
टेलिभिजनमार्फत राष्ट्रलाई सम्वोधन गर्दै मुर्सीले सेनालाई अल्टीमेटम फिर्ता लिन आग्रह गर्दै जनताबाट चुनिएको राष्ट्रपतिलाई यसरी चुनौति दिन नमिल्ने जिकिर गरेका थिए ।
प्रदर्शन दबाउन आफूले कुनै निर्देशन नदिएको सफाई दिँदै उनले शान्ति व्यवस्था कायम राख्न सबैमा अपील पनि गरेका छन् । मुर्सीले यस्तो भनिरहँदा इजिप्टमा विपक्षीले गरेको आन्दोलनमा १६ जना मारिएका छन् । सत्ता र विपक्षी कार्यकर्ताबीच भिडन्त हुँदा १६ जना मारिएका हुन् ।
तीन दिनदेखि लगातार भैरहेको प्रदर्शनमा हजारौं मानिस सहभागी छन् । मुर्सी पक्षधरले भने देशमा स्थीरता कायम गर्ने हो भने मुर्सीलाई आफ्नो कार्यकाल पूरा गर्न दिनुपर्ने जिकिर गरेका छन् ।
यता, सेनाले भने देश सञ्चालन गर्न खाका नै तयार गरेको छ । जसअनुसार तत्काल राष्ट्रपतिको चुनाव गर्ने, नयाँ संविधान निलम्बन गरी संसद भंग गर्नेसम्मको योजना सेनाको छ । सेनाले राष्ट्रपतिलाई दिएको ४८ घण्टाको अल्टीमेटम भने सकिँएको छ ।
सेनाले दिएको यो चेतावनीलाई सैनिक कू का रुपमा हेर्न नमिल्ने पनि बताइएको छ । विपक्षीहरुको तामारुद समुहले भने मुर्सीविरुद्ध २ करोड २० लाख हस्ताक्षर संकलन गरेका दावी गरेको छ । प्रदर्शनकारीहरुले राजधानी कायरोस्थित सत्तारुढ मुश्लिम ब्रदरहुडको मुख्यालयमै धावा बोलेका छन् ।
प्रदर्शनकारीले मुर्सीले सत्ता छाड्नुपर्ने माग गरेका छन् । राष्ट्रपति मुर्सीलाई सत्ता छाड्न विपक्षीले दिएको २४ घण्टाको समयसीमा सकिएकाले प्रदर्शन हिंसात्मक हुनसक्ने आशंका गरिएको छ ।
अर्कोतर्फ मुर्सीको सत्ता संकटमा फसेका बेला त्यहाँका विदेशमन्त्रीले पनि राजीनामा दिएका छन् । यसअघि अरु पाँच जनाले पनि राजीनामा दिएका थिए ।
प्रदर्शनकारी कायरोको ताहरिर स्क्वायर र राष्ट्रपति भवन बाहिर जम्मा भई प्रदर्शनमा उत्रिएका हुन् । लाखौं प्रदर्शनकारीले एक वर्षअघि सत्ता सम्हाल्न पुगेका मुलुकको पहिलो इस्लामिक राष्ट्रपति मुर्सीले मुलुकको बिगद्रो आर्थिक अबस्था सुदृढ गर्न नसकेको र सुरक्षा समस्या पनि हल गर्न नसकेको आरोप लगाएका छन् । ताहरिर स्वायरमा आइतवार भएको प्रदर्शन होस्नी मुबारको शासन अन्त्यका लागि सन् २०११ मा भएको विशाल प्रदर्शनको झल्को दिने खालको रहेको समाचारमा जनाइएको छ ।