– उमाकान्त पाण्डे गाउंले
मध्यपुर्व – श्रीलकांका संचारमन्त्री केहेलिया रमक्वेल अस्ट्रेलिया भ्रमणको क्रममा दुर्घटनामा परेका छन । धर्मपत्नी सगै परिवारिक भ्रमणमा अस्ट्रेलिया पुगेका रमक्वेल आफु बस्ने अपार्टमेन्टको अर्को फल्याटको कोठाको एक महिलालाई जिस्काउन कौशी बाट अर्को कोठामा जान खोज्दा लडेका हुन ।
बाल्कोनीबाट अर्को कोठामा जान लाग्दा लडेका उनी ३५ मिटर तल खसेका थिए । दुर्घटनापरि रमक्वेलको दुबै खुट्टा भाचिएका छन । उनी माथिल्लो तल्ला बाट ३५ मिटर तल रहेको रुखमा अड्केका थिए ।
यसै बिच उनका छोरा श्रीलका ‘ए समुह’ क्रिकेट टिमका सदस्य तथा श्रीलकंन १८ बर्ष उमेर समुहको टोली सदस्य समेत रहेका रमिथ रमक्वेल उडानमा रहेको ब्रिटिश एयरवेजको झ्याल बाट हाम फाल्ने क्रममा पक्राउ परेका छन । विमानको झ्यालबाट सौचालय जाने भन्दै हामफाल्न प्रयासरत रमिथलाई नियन्त्रणमा लिईएको थियो ।
एयरवेजको शौचालय मा गएको समय उनी आत्महत्याको प्रयास स्वरुप जहाज बाट हामफाल्न प्रयासरत थिए ।
हालै वेष्ट इण्डिजमा सम्पन्न श्रीलका ‘ए’ र वेष्ट इण्डिज ‘ए’ समुह बिचको खेल खेलेर फर्किने क्रममा अत्यधिक मदिरासेवन गरि गेटविक बिमान्स्थल बाट उडान भरेर आउँदै गरेको बिमानमा रमिथले आत्महत्याको प्रयास गरेका हुन ।
बिमानको शौचालयमा गएर सौचालयमा भएको झ्याल खोलेर हामफाल्ने प्रयास गरेको थाहा पाए पछि बिमानमा रहेका अन्य सहयोगीहरुले उनलाई नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेका थिए । उनले सौचालयको ढोका हुन सक्ने भन्दै झ्याल खोल्ने प्रयास गरेको बयान दिएका छन । रमिथ राजनीतिक शत्तीका आधारमा क्रिकेट समुहमा छिरेको आरोप छ भने उनका बुवा श्रीलकांका संचारमन्त्री केहेलिया रमक्वेलको यो घटना सबैलाई चकित पारेको श्रीलकां साइबर न्युज तथा त्यहाका अन्य संचारमाध्यमले उल्लेख गरेका छन । यो खबरलाई श्रीलकां क्रिकेटले समेत पुस्टी गरेको छ ।