कांग्रेसद्धारा नेकपा -माओवादीका अध्यक्ष मोहन बैद्यलाई एजेण्डासहित वार्तामा आउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले मंसीर ४ को निर्वाचन नरोक्ने र सरकार परिवर्तन बाहेकका सबै विषयमा नेकपा-माओवादीसंग छलफल गर्न सकिने बताएका छन्  ।

 

राजधानीमा लोक खबर राष्ट्रिय साप्ताहिकको पांचौ वार्षिकोत्सवमा बोल्दै उनले नेकपा -माओवादीका अध्यक्ष मोहन बैद्यलाई एजेण्डासहित वार्तामा आउन आग्रह गरे ।
 
कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीले राजनीतिक संक्रमण चाडै अन्त्य गर्न निर्वाचनको विकल्प छैन भने । कांग्रेस प्रचार विभाग प्रमुख डा. मिनेन्द्र रिजालले निर्वाचनका लागि कांग्रेसले अग्रसरता लिइरहेको दावी गरे ।

 

कांग्रेसका अर्का नेता डा. प्रकाशशरण महतले कांग्रेसले निर्वाचन जिते मात्र संविधान बन्ने दावी गरे । पांच वर्ष अघि प्रकाशन शुरु भएको लोक खबर साप्ताहिक रंङिगन कलेवरमा बजारमा आएको छ ।

 

RSS