सुनसरीको महेन्द्रनगर गाउँमा च्याउ खाएर एकै परिवारका पाँचसहित ८ जना सिकिस्त विरामी

सुनसरी । सुनसरीको महेन्द्रनगर गाउँ विकास समिति वडा नम्बर ८ मा आज च्याउ खाएर एकै परिवारका पाँचसहित ८ जना सिकिस्त विरामी परेका छन् ।

 

जंगलबाट ल्याएको च्याउको तरकारी बनाएर खाएका उनीहरु विरामी परेका हुन् ।

 


विरामीहरुको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

 

RSS