नवलपरासीको सुनवलमा ठूलो मात्रामा विष्फोटक पदार्थ फेला

नवलपरासी । नवलपरासीको सुनवल गाउँ विकास समिति वडा नम्बर ४ रमवापुरमा ठूलो मात्रामा विष्फोटक पदार्थ फेला परेको छ । स्थानीय गंगा सुनारको परालको टौवाको थुप्रोभित्र उक्त विष्फोटक पदार्थ फेला परेको हो । फेला परेका विष्फोटक पदार्थमा ५ वटा सकेट बम, ३३ वटा डेटोनेटर र ४३ वटा गोली रहेको प्रहरीले जनाएको छ ।


बिहीबार साँझ घरधनीले टौवा सफा गर्ने क्रममा उक्त विष्फोटक पदार्थ फेला पारेको प्रहरी उपरीक्षक रञ्जितले हामीलाई बताए । फेला परेको विष्फोटक पदार्थलाई बुटवलस्थित नेपाली सेनाको २२ नम्बर बाहिनीको टोलीले आज बिहान निस्कृय हो । फेला परेको उक्त विष्फोटक पदार्थ तत्कालीन माआवोदी विद्रोहीपक्षले सो स्थानमा भएको भिडन्तको बेला लुकाएर राखेको जिल्लास्थित सुरक्षा निकायले जनाएको छ ।


२०६१ सालमा सो स्थानमा सुरक्षाकर्मी र विद्रोहीपक्षबीच भिडन्त हुँदा २३ भन्दा बढी सुरक्षाकर्मीको मृत्यु भएको थियो । भिडन्तको समयमा रमवापुर गाउँका विभिन्न स्थानमा राखिएका विष्फोटक पदार्थको खोजी नहुँदा अहिले पनि प्रत्येक वर्षजसो त्यस्ता विष्फोटजन्य पदार्थ फेला पर्ने गरेको छ ।

 

RSS