रुस र चीनद्धारा जापानी समुन्द्रमा संयुक्त सैन्य अभ्यास सुरु

बेईजिङ । रुस र चीनले जापानी समुन्द्रमा संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । समुद्री टापुको स्वामित्वलाई लिएर चीनको जापान र फिलिपिन्ससँग तनाव बढिरहेका बेला सैन्य अभ्यास सुरु गरिएको हो ।


एक सातासम्म चल्ने सैन्य अभ्यासले रुससँगको सम्बन्धलाई अरु बलियो बनाउने चिनियाँ अधिकारीहरुले बताएका छन् । चीनले विदेशी साझेदारसँग गरेको यो सबैभन्दा ठूलो सैन्य अभ्यास भएको बीबीसीले जनाएको छ ।


सैन्य अभ्यास तेस्रो देशलाई चुनौती दिने उद्देश्यले नगरिएको चिनियाँ सेनाले दाबी गरेको छ । सैन्य अभ्यासमा अपहरणमा परेका जहाज तथा नागरिकलाई उद्दार गर्ने कला प्रदर्शन गरिने बताईएको छ ।


गत महिना जापान र अमेरिकाले पनि सान डिएगोमा संयुक्त सैन्य अभ्यास गरेका थिए ।

 

Agencies