प्रतिभा के.सी
सन्धिखर्क अर्घाखाँची
हाम्रो नेपाल राम्रो नेपाल म नेपाली हु म आफै लाई गर्ब का साथ भन्छु !
विश्वका दुई शक्तिशाली सम्पन्न राष्ट्रहरु भारत र चिनको विचमा रहेको नेपाल एक प्राकृतिक सम्पदाले भरीपुर्ण देश हो । सगरमाथाको देश, ज्ञानको ज्योति फैलाउने बुद्ध जन्मेको देश, सम्पुर्णताले भरीपुर्ण देश हामीले गर्भ गर्नु पर्ने ठाउँ यहि हो । हिमालका चुचुराहरु, पहाडका कन्दराहरु, तराइका फाँटहरु, निरन्तर बगिरहने खोला, नाला, तथा लोभलाग्दा दृश्यहरु हामीसँग प्रशस्त छन् । यहि रमणीय दृश्यका कारण विदेशी पर्यटकको गन्तव्यको स्थान हुन सकेका छ । जलसम्पदाको दृष्ट्रिले ब्राजिल पछिको विश्वको दोस्रो धनी देश र एसियाको पहिलो देश यहाँ ६ हजार भन्दा बढी नदिनालाहरुबाट लगभग ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भने आर्थिक तथा प्राविधिक दृष्ट्रिकोणले ४२,००० मेगावट विद्युत उत्पादन गर्न सकिने अनुमान छ । तर, जलस्रोतको धनी राष्ट्रले भोग्नु परेको पिउने पानीको हाहाकार, सुख्खागस्त खेतिपाती, विद्युत उत्पादन कम भएकै कारण लोडसेडिङको मारमा हामी आम विद्यार्थी, सर्वसाधारण चपेटामा परिहेको अवस्था छ । विदेशी निकायले जता बहकायो त्यतै बहकिने अवस्था छ । के हामीले यस सम्पदालाई सदुपयोग गर्न सकिरहेका त छैनौँ ? हो प्रश्न यहाँ छ । यहाँ सानो निमार्ण गर्न पनि विदेशको सहयोग लिने बानी बसेको छ ।
वैदेशिक रोजगारमा जाने युवाको सङख्या अत्याधिक बढी छ । यहाँ रोजगारको अवसर देख्न सकेका छैनौँ ।
हामी किन चिन्न सकिरहेका छैनौँ हाम्रो सम्पदालाई ? यहाँ पहाडमा रहेका विभिन्न किसिमका खनिजहरुको प्रयोगबाट प्रयाप्त मात्रामा आम्दानी गर्न सकिन्छ । पर्यटन व्यापारको रुपमा पनि हेर्दा नेपाल अचुर पर्यटकीय सम्भावना वोकेको देश हो । जसबाट विदेशी मुद्रा र्आजन हुन्छ । नेपालको धर्म, सस्कृति प्रचार प्रसार हुन्छ । त्यस्तै ग्रामीण भेगमा व्यवसायीक सिप सिकेर पशुपालन तथा डोको, डालो बुनेर आथिक उन्नती गरिरहेको हामी पत्रपत्रीका, टेलीभिजनमा हेर्दै आइरहेका छऊँ । कुनै पनि देशको विकासमा त्यसदेशको शिक्षाको महत्वपूण भुमिका हुन्छ । नेपालको शिक्षामा पनि नयाँ क्रान्ति ल्याउनु आवश्यक छ । यहाँको शिक्षा प्रणाली व्यवहारीक छैन । व्यवहारीक तथा प्रयोगात्मक शिक्षाको विकास भएको भए यस्तो वेरोजगारको स्थिती सायदै कम हुन्थ्यो होला ।
नेपाल कृषि प्रदान देश, जहाँ लगभग ७४ प्रतिशत जनता कृषि पेशामा निर्भर रहेका छन् । केहि मुख्य सहरको आपसमा आधुनिक तरिकाले खेति प्रणाली गरेता पनि धेरै कृषकहरु रुढीवादी खेति प्रणालीमै समय व्यतित गरिरहेको अवस्था छ । आधुनिक खेति प्रणाली बारे प्रचार तथा यसबारे सिप तालिम नलिएर हो कम खाद्यन्न सामाग्री वा जिवन धान्न पुग्ने खेति प्रणाली गरिरहेको हामी पाउन सक्छौं । यसको जिवन स्थर उठाउन राज्य स्थर बाटै सिप तथा तालिमको व्यवस्था हुनु जरुरी छ ।
त्यसैगरी नेपाल जडिबुटी स्रोतको लागी पनि सम्पन्न देश हो । यहाँका जडिबुटीहरुलाई पहिचान गर्न नसकेर वा त्यसको महत्व थाहा नपाएका कारण कच्चा पदार्थका रुपमा बाहिर जान्छन् भने त्यहि कच्चा पदार्थबाट बनेको औषधी हिराको मुल्य तिरेर किन्नुपने वाध्यात्मक अवस्था रहेको छ । जडिबुटीहरु जस्तैः वोझो, घिउकुमारी, बाबरी, अवला, तुलसी आदिको महत्व बुझेर व्यवसाय सञ्चालन गरी प्रशस्त आम्दानी गर्न सकिन्छ । जुन जडिबुटीहरु आज पनि खेर गइरहेको अवस्था छ ।
हामी सिप सिकेर आफैमा सक्षम भएर स्थानिय क्षेत्रमा रहेका स्रोत तथा साधनको पहिचान, परिचालन र प्रयोग गर्न सकेमा नत विदेशीको मुख ताक्नु नै पर्छ नत रोजगारीका लागी भौतारीनु नै ।
हाम्रो नेपाल राम्रो नेपाल म नेपाली हु म आफै लाई गर्ब का साथ भन्छु !