“आमा अनी शिशु”

– बाबु रोका मगर “अपरिचित”
असुरकोट-९ अर्घाखाँची हाल ( न्यू दिल्ली) भारत



जन्म लिनु भन्दा पहिले नै पेट मा लात हिर्काउँछ  शिशु
कुनै परवाह् नगरि आफ्नो हिस्सा लिउछ शिशु |

जन्म लिएपछी आफ्नो आमाको छातीमा टाँसिन्छ शिशु
बाँच्न को लागि भए पनि आमाको दुध पिउछ शिशु |


बर्णमाला सिख्नु भन्दा पहिले नै आमा भनेर बोल्छ शिशु
आमा लाई नजिक न देख्दा रुन लाग्छ शिशु |


आमाको दुई औंला समातेर धर्तिमा ताते-ताते गर्छ शिशु
नाता साईनो यिनिहरुको पनि आमा बाट नै सिक्छ शिशु |


सहयोग को लागि पनि आमा भनेर पुकार छ शिशु
जब दौड्दै आउछिन आमा खुशी हुन्छ शिशु |


शिशुलाई तयारी गराइ स्कुल पठाउछिन आमा
सानो चोट लाग्दा पनि रुन लाग्छीन आमा |


भोक तिर्खा सबै को चिन्ता गर्छिन आमा
आफु भोकै बसेर भएपनि शिशु को पेट भरीदिन्छिन आमा |


शिशुलाई हरपल ठुलो भएको देख्छीन् आमा
अबेर घर आउने कारण बुझ्छीन् आमा |


झुट बोल्दा पनि माफ गर्छिन आमा
चोट पुर्याउदा पनि अंगालो मार्छिन् आमा |


घर मा बुहारी आउँदा पराय हुन्छिन आमा
आफ्नो अनादेखी मा पनि चुपचाप बस्छीन् आमा |


अब चार साँझ को साटो दुई साँझ खाना खान्छिन आमा
स्वर्ग जस्तो घर को साटो ब्रिद्दाआश्रम मा देखीन्छिन् आमा 
 
मुहार मा शुन्य भाव लिई भगवानको नाम जब्छीन् आमा
छोरा-बुहारी को लडाईं झगडाको मर्म बुझ्छीन् आमा |