इजिप्ट । इजिप्टमा अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीका समर्थक र विपक्षीबीचको पछिल्लो झडपमा १५ जना मारिएका छन् । सेनाले हानेको गोली लागि अलेक्जेण्ड्रियामा १२ र राजधानी कायरोमा तीन जना मारिएका हुन् । ३ सय १८ भन्दा बढी घाईते भएको आपतकालीन सेवाका प्रमुखले जनाएका छन् । मुलुकका अरु शहरमा पनि झडप भएको बीबीसीले जनाएको छ ।
कायरोमा सेनाको गोली लागि मुर्सीका तीन समर्थक मारिएपछि थप हिंसा भड्किएको समाचारमा जनाइएको छ । इजिप्टमा गत बुधकार सेनाले कु गरि पहिलो जननिर्वाचित राष्ट्रपति मुर्सीलाई अपदस्थ गरि संवैधानिक अदालतका प्रमुख अद्ली महमुद मन्सुरलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेपछि भड्किएको हिंसामा २६ जना मारिइसकेका छन् ।